site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गण्डकीविरुद्ध २५ रनमै अलआउट कोसी, कुनै ब्याटरले बनाएनन् दोहोरो अंक 

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोसी प्रदेश २५ रनमै अलआउट भएको छ । आइतबार मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा कोसी १५.२ ओभरमा २५ रनमै अलआउट भएको हो ।

गण्डकीविरुद्ध १४२ रनको लज्जास्पद हार व्यहोर्दा कोसीका कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोसीका कप्तान अंकित सुवेदीले आठ रन बनाउनु नै टिमको स्कोर बोर्डमा कुनै ब्याटरले थपेको सबैभन्दा धेरै रन बन्यो । कोसीका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

Dabur Nepal
NIC Asia

कोसीलाई सस्तैमा समेट्न गण्डकीका विपीन खत्रीले ६ विकेट लिए । सात ओभर बलिङ गरेका उनले तीन मेडन फ्याँक्दै चार रन मात्र खर्चिए । सन्दीप पराजुलीले तीन र अंकित न्यौपानेले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले ४८.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो । गण्डकीका मुस्कान थापाले ६७ रनको योगदान गरे । कप्तान विपीन खत्रीले ४३, कमल परियारले १३ रन जोडे ।

कोसीका अभ्यास तिम्सिनाले ६ विकेट लिए । फिर्दोस अन्सारी, सोनु मण्डल र कमल खत्रीले समान एक विकेट लिए ।

प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । जितसँगै चार खेलबाट दुई अंक जोडेको गण्डकी तालिकाको आठौँ स्थानमा छ । ६ खेल खेल्दा पनि अंकविहीन कोसी पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro