site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मधेससित कर्णाली प्रदेश पराजित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेसले कर्णालीलाई ६१ रनले हराएको हो ।

जितका निम्ति २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १७० रनमा समेटियो । कर्णालीका अर्जुन घर्तीले ५८ रन बनाए । मधेसका राजेश यादवले तीन विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मधेसले ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो । मधेसका कप्तान हरिशंकर साह र मयन यादवले समान ५०–५० रन बनाए । कर्णालीका दीपेन्द्र रावतले चार विकेट लिए ।

पाँच खेलमा तीन जितसहित मधेस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कर्णाली ४ अंकका साथ सातौँ स्थानमा छ ।हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro