site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङमा आशुतोस र बलिङमा इशान चम्किँदा कोसीविरुद्ध वाग्मतीको जित 

काठमाडौं । ब्याटिङमा आशुतोस घिरैया र बलिङमा इशान पाण्डे चम्किएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोसी प्रदेशविरुद्ध ६४ रनको सहज जित निकालेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलम वाग्मतीले प्रस्तुत गरेको २७४ रनको लक्ष्य पछ्याउने क्रममा कोसीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २०९ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

कोसीका दुई ब्याटरले अर्धशतक बनाए पनि टिमको हार टार्न सकेनन् । कोसीका सुजन थपलियाले ५९ रन बनाए । कप्तान अंकित सुवेदीले ५३ रन थपे । आइस भट्टराईले ३२, सोनु अन्सारीले २१ र हेमन्त राईले १० रन जोडे ।

कोसीविरुद्ध कसिलो बलिङ गरेका वाग्मतीका इशान पाण्डेले पाँच विकेट लिए । आठ ओभर बलिङमा इशानले ३९ रनमात्र खर्चिए । सूर्य तामाङले दुई विकेट लिँदा रिजन ढकाल र प्रतीक श्रेष्ठले समान एक विकेट लिए ।

त्यसअघि आशुतोस घिरैयाले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको वाग्मतीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २७३ रनको योगफल खडा गरेको थियो । 

वाग्मतीका ओपनर आशुतोसले १११ बलमा १६ चौका र दुई छक्कासहित ११८ रन बनाए । कप्तान रित गौतमले ४९ रन थपे । रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन जोडे । 

कोसीका अभ्यास तिम्सिनाले तीन विकेट लिए । कमल खत्री र हेमन्त राईले समान दुई विकेट लिँदा फिर्दोस अन्सारीले एक विकेट हात पारे ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको वाग्मती तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा पनि जितविहीन कोसी तालिकाको पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro