site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको जितमा तीन ब्याटरको अर्धशतक 

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशविरुद्ध १३४ रनको फराकिलो जित निकालेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो ।

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३७.२ ओभरमा सबै विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो ।

Dabur Nepal
NIC Asia

कर्णालीका दिवान पुनले ३८ रन बनाए । अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्सु शाहीले १७ रन जोडे ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३५ रन मात्र खर्चिए । विकास आग्रीले दुई, भोजराज भट्ट र नारायण जोशीले समान एक विकेट लिए ।

त्यसअघि, तीन ब्याटरले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २७७ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका खडक बोहराले ११४ बलमा ६ चौकासहित ८० रनको योगदान गरे । टेक रावतले ५९, किरण ठगुन्नाले ५० रन जोडे । नारायण जोशीले ३१, कप्तान राजु रिजालले १९, नरेन भट्टले १५ रन थपे ।

कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान एक विकेट लिए ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंकको कर्णाली आठौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro