site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य तामाङको ह्याट्रिकप्रेरित वाग्मतीको पहिलो जित 

काठमाडौं । सूर्य तामाङको ह्याट्रिकप्रेरित वाग्मती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा वाग्मतीले मधेस प्रदेशलाई ८६ रनले पराजित गरेको हो ।

वाग्मतीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याउने क्रममा मधेसले २९ ओभरमा सबै विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

सूर्यले २९औँ ओभरमा ह्याट्रिकसँगै चार विकेट लिँदा मधेस सस्तैमा समेटियो । उनले २९औँ ओभरको पहिलो बलमा मधेसका रुपेश सिंहलाई, दोस्रो बलमा राजेश यादवलाई र तेस्रो बलमा सम्साद अन्सारीलाई पभेलियनको बाटो देखाए । उनले सोही ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई पनि आउट गरेका थिए ।

Dabur Nepal
NIC Asia

नौ ओभर बलिङ गर्दा सूर्यले तीन मेडन फ्याँक्दै १८ रन खर्चिएर ६ विकेट लिए । प्रतिश जिसी र इशान पाण्डेले समान दुई विकेट लिए ।

wqefdg-1705400080.jpg
मधेसका पवन सर्राफले ४५ रन बनाए । मयन यादवले ३१ र निरज यादवले १५ रन थपे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।

वाग्मतीका प्रतिश जिसीले ५९ रन जोडे । रविन जोशीले २१, इशान पाण्डेले १५, विपीन आचार्यले १३ र कप्तान रित गौतमले १२ रन बनाए । 

मधेसका रुपेश सिंह र अरनिको यादवले समान दुई विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर साह र पवन सर्राफले एक/एक विकेट लिए ।

जितसँगै वाग्मतीले तीन खेलबाट दुई अंक जोडेको छ । मधेसको पनि तीन खेलबाट दुई अंक नै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro