site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुलिसको लगातार दोस्रो जित 

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले कोसी प्रदेशलाई सात विकेटको पराजित गरेको हो ।

कोसीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा अर्जुन साउदले ६२ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ३८, दिलीप नाथले ३१, सुनील धमलाले १६ र कुशल भुर्तेल १२ रन जोडे ।

कोसीका कमल खत्रीले दुई र सोनु मण्डलले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कोसीले सुजन थपलियाले शतकको साथमा ४८.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनाएको थियो ।

सुजनले १२६ बलमा ६ चौका र आठ छक्कासहित १०५ रनको योगदान गरे । क्रिजको एक एन्डबाट लगातार विकेट गए पनि सुजनले अर्को एन्ड सम्हालेका थिए ।

आभ्युस तिम्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन जोडे । यसबाहेक कोसीका अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका करण केसीले तीन विकेट लिए । सुनील धमला र ललित राजवंशीले समान दुई विकेट लिए । राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

जितसँगै पुलिस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको कोसी पुछारमा छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro