site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
टेक्ससको नेपाली समाजमा पुनः वाग्ले
Sarbottam CementSarbottam Cement

अमेरिका । नेपाली समाज टेक्सस (एनएसटी) को शनिबार भएको निर्वाचनले राजेन्द्र वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आइतबार सबेरै बिहान २ बजे प्रकाशित नतिजा अनुसार अध्यक्षमा विजयी वाग्लेले ८८५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाएका छन् । निकै चर्को प्रतिस्पर्धा मानिएको यो निर्वाचन परिणाम पछि वाग्लेले आउँदो दुई वर्ष नेपाली समाज टेक्ससको नेतृत्व लिने भएका छन् । उनी वर्तमान कार्यसमितिमा पनि अध्यक्ष हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia


नेपाली समाज टेक्ससका दुईहजार ५ सय १२ सदस्य छन् । यी मध्य शनिबारको निर्वाचनमा एकहजार ५ सय ६४ जनाले मतदान गरेका थिए । सन् १९९७ मा स्थापना भएको नेपाली समाज टेक्सस अमेरिकाका नेपालीहरुको पुरानो संस्थाहरु मध्यको एक हो ।

शनिबारको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सहकोषाध्यक्षमा गोबिन्दराज जोशी, युवा संयोजकमा प्रविश श्रेष्ठ, स्पोर्टस संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भएका छन् ।

Global Ime bank

यसअघिनै महिला उपाध्यक्षमा साबित्री भण्डारी र महिला संयाेजकमा शान्ता कुमारी गिरी निर्विरोध भैसकेका थिए ।

कार्यसमितिका पाँच सदस्यहरुमा राधिका खराल, राधा अधिकारी पौडेल, रमेश अधिकारी, जीवलाल भुसाल र मनोज धिताल निर्वाचित भएका छन् ।

दुई प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तर नतिजा भने मिश्रीत आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement