site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रामपुरमा व्यावसायिक कालिजपालन
Global Ime bank

पाल्पा । रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताइन् । गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका थिए ।   
   
“छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ”, लोकमायाले भनिन् । उनको फार्ममा हाल १५० कालिज छन् । गत जेठमा पोखराबाट ५०० चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताइन् । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उनको भनाइ थियो । जंगलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उनले बताइन् ।  

एउटा चल्ला चार सयमा खरिद गरेर पाल्न थालेको उनको भनाइ छ । करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एकजना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन् । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ । 
 
रामपुरलाई कालिजपालनमा चिनाउन  गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन सुरु गरेको उनको भनाइ छ । करिब ३० लाख लागतमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले तीन हजार, पोथी दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ । 

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu