site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा तत्काल मानवीय युद्धविराम आवश्यक : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको आक्रमण तत्काल रोक्न आह्वान गरेका छन् । 

उनले आक्रमण तत्काल रोकेर त्यहाँका बासिन्दालाई शान्तिपूर्ण रूपमा बस्न दिन आग्रह गरे । 

Dabur Nepal
NIC Asia

गाजामा मानवीय संकट बढिरहेको उल्लेख गर्दै मानवताको संकटले विश्वलाई तरंगित बनाइरहेको बताए । नागरिकहरू अस्पतालमा उपचारका लागि भरिएका तर उपचारका सामग्री नहुँदा बिचल्ली भइरहेको उनले भनाइ छ । 

गाजा बालबालिकाका लागि चिहान बनिरहेको छ । दैनिक सयौँ बालबालिकाहरू मारिने र घाइते भएका छन् । 

पछिल्ला चार हप्ताको अवधिमा धेरै पत्रकार मारिएका छन् । विश्व संगठनको इतिहासमा कुनैपनि तुलनात्मक अवधिमा भन्दा बढी संयुक्त राष्ट्र सहायता कार्यकर्ता मारिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro