site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तगीको मागसहितको निवेदन दर्ता भएको छ ।

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङको बर्खास्तगीको माग गर्दै निवेदन दर्ता गराएको एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधरले बाह्रखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“देशमा असाधारण अवस्था नरहेकाले विशेष साधारणसभा अनलाइनमार्फत गर्न मिल्दैन । भौतिक रुपमै गर्नुहोस्, हामी सहयोग गर्छौँ भनेका थियौँ । तर, अध्यक्षले त्यसलाई बेवास्ता गरेर जुममै (आइतबार) विशेष साधारणसभा गर्नुभयो,” संकटा क्लबका अध्यक्षसमेत रहेका पूर्वमहासचिव तुलाधरले भने, “तर, कोरम पुर्याउन नसकेपछि उहाँलाई राजीनामा दिनु, साधारणसभा चलाउन सक्नुभएन भन्यौँ । तर, फेरि (सोमबार) चलाउन खोज्नुभयो । सदस्यहरु नै नआएपछि विशेष साधारणसभा स्थगित गर्नुपर्ने अवस्था आयो ।”

तुलाधारले एन्फा अध्यक्ष नेम्वाङबाट फुटबल नचल्ने देखेर बर्खास्तगीको लागि विशेष साधारणसभाको माग गरेको बताए ।

Global Ime bank

तुलाधार भन्छन्, “यसअघि पनि उहाँबाट विधानविपरीत धेरै कामहरु भएका थिए । न्यायिक समितिको गठन, तिनीहरुको इन्टिग्रिटी चेक । कार्यसमितिका बहुमत सदस्यहरुले बैठकको माग गरे पनि बैठक नबोलाउनी । विधानअनुसार प्रस्ताव गर्दा छलफलमा नल्याउनु । प्रतियोगिताहरु पनि गर्न सक्नु भएन । वर्षदिनभित्र गर्नुपर्ने लिग पूरा गर्न सक्नुभएन । महिला लिग भएन । यू–१८ भएन । यू–२३ मा भाग नै लिनुभएन । फुटसलको प्रतियोगिता नै छैन । त्यसकारण केही नहुँदा उहाँबाट फुटबल चल्दैन भनेर हामीले बर्खास्तगीको लागि विशेष साधारणसभाको माग गरेका हौँ ।”

यसअघि, एन्फाले आइतबार अनलाइनमार्फत साधारणसभा गरेको थियो । तर, गणपूरक संख्या अपुग भएपछि उक्त साधारणसभा सोमबारका लागि सारिएको थियो । सोमबार पनि अनलाइनमार्फत हुने भनिएको साधारणसभामा बहुमत सदस्य उपस्थित नभएपछि एन्फाले साधारणसभा स्थगित गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement