site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक छलफलपछि सरकारसँग वार्तामा बस्दै शिक्षक 

काठमाडौं । सरकार र शिक्षकहरूबीच आज (बुधबार) पनि वार्ता हुने भएको छ । 

सुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्नेछ । शिक्षकको आन्तरिक बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । 

आन्तरिक बैठकपछि दिउँसो २ बजे सरकार र शिक्षकबीच वार्ता हुनेछ । उक्त बैठकमा सहमति हुने दाबी गरिएको छ । 

मंगलबार राति भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारीबीच वार्ता भएको थियो । 

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले बुधबार बैठक टुंगोमा पुग्ने बताएका थिए ।  

महासंघले सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेको छ । उक्त मागमा छलफल भइसकेको छ ।  

महासचिव थापाका अनुसार, हस्ताक्षरपछि आन्दोलनको स्परुप परिवर्तन हुनेछ । आन्दोलनको स्वरुप कस्तो हुने शिक्षकको आन्तरिक बैठकले निर्धारण गर्नेछ । 

महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलबको सुनिश्चितता, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्गम भत्ता व्यवस्था गर्ने, शिक्षकहरूको ग्रेड समायोजन गर्ने, मर्यादा क्रममा शिक्षकहरूलाई समेट्ने, शिक्षकको उपचारमा छुटको व्यवस्था गर्ने, निमावि प्रथम र मावि द्वितीयको तलबमा एकरूपता ल्याउने विषय शिक्षक महासंघले वार्तामा उठाएको छ ।

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro