site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमएम कप क्रिकेटमा कोसी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउन्डेसनको आयोजनामा कोसी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश विजयी भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समूह बी अन्तर्गतको पहिलो लिग खेलमा आयोजक कोसीले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको हो । जितसँगै कोसीले दुई अंक जोडेको छ ।

टस हारेर ब्याटिङ गरेको कोसीले ५० ओभरको खेलमा २९.३ ओभरमा सबै विकेट गुमाएर ९३ रनको सामान्य योगफल खडा गरेको थियो । कोसीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

पुलिसका सुनिल दौल्यानले आठ ओभरमा २५ रन दिएर पाँच विकेट लिँदा विपीन कार्की र चित्र विष्टले दुई–दुई विकेट लिए ।

जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सीमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

कोसीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर पाँच विकेट लिँदा प्रकाश कार्कीले तीन विकेट दिए ।

बुधबार समूह बीको दोस्रो लिग खेल आयोजक कोसी प्रदेश र भारतको आसाम क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro