site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प प्रशासनले हाइटीका आपराधिक समूहलाई विदेशी आतंकवादी संगठनको सूचीमा राख्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर अमेरिकी देश हाइटीका आपराधिक समूह (ग्याङ)हरूलाई विदेशी आतंकवादी संगठनको सूचीमा राख्ने भएको छ । 

यो विषयको जानकारी ट्रम्प प्रशासनले तल्लो सदन कंग्रेसलाई दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले गत फेब्रुअरीमा आठवटा ल्याटिन अमेरिकी आपराधिक समूहहरूलाई सूचिकृत गर्दै अमेरिकामा ‘कार्टेल’ सञ्चालन गर्ने र तिनलाई सहयोग गर्ने व्यक्तिहरूमा दबाब बढाएको थियो ।
 
ट्रम्प प्रशासनको यो नयाँ कदम हाइटीका आपराधिक समूहलाई पनि त्यस्तै दबाब दिने योजनाबाट प्रेरित भएको बताइएको छ । आतंकवादी संगठनको सूचीमा राखेपछि ती संगठनलाई भौतिक सहयोग पुर्‍याउने जो कसैलाई पनि प्रतिबन्ध र सजाय गर्न सकिन्छ । एपी


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro