site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुपर फोरमा बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित
Dabur Nepal
NIC Asia

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो । बुधबार गद्दाफी रंगशालामा भएकाे खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा इमाम उल हकले ७८ रन बनाए । इमामले ८४ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । ७४–२ को अवस्थामा रहँदा इमामले मोहम्मद रिजवानसँग ८५ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्‍याएका थिए ।

पाकिस्तानको जितसम्म अविजित रहेका मोहम्मद रिजवानले ६३ रन थपे । ओपनर फखर जमानले २०, कप्तान बाबर आजमले १७ र आघा सल्मानले १२ रन जोडे ।

बंगलादेशका तक्सिन अहमेद, सोरिफुल इस्लाम र मेह्दी हसन मिराजले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशका मुसफिकर रहिमले ६४ रन बनाएका थिए । कप्तान साकिब अल हसनले ५३ रन थपे । मोहम्मद नैमले २० रन जोड्दा लिटोन दास र समिम हुसैनले समान १६ रन बनाए ।

बंगलादेशलाई मध्यम योगफलमा रोक्न पाकिस्तानबाट घातक बलिङ गरेका ह्यारिस रौफले चार विकेट लिए । ह्यारिसले ६ ओभरमा १९ रनमात्र खर्चिए । नासिम साहले तीन विकेट लिए । साहिन साह अफ्रिदी, इफ्तिखर अहमेद र फहिम अस्रफले समान एक विकेट हात पारे ।

जितसँगै दुई अंक जोडेको पाकिस्तान सुपर फोरको शीर्ष स्थानमा छ । पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका चार टिम रहेको सुपर फोरमा सबै टिमले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टिम उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको यस संस्करणमा कुल ६ टिम थिए । जसमध्ये नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro