site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोनाल्ड ट्रम्पले एआईबारे गरे ठूलो घोषणा : पाँच खर्ब डलर लगानी गर्ने, एक लाख नयाँ रोजगारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई प्रवर्धन गर्ने सम्बन्धमा ठूलो घोषणा गरेका छन् । ट्रम्पले यसका लागि पाँच खर्ब अमेरिकी डलर लगानी गरिने र यसले एक लाख नयाँ रोजगारी पनि सिर्जना गर्ने बताएका छन् ।

यो लगानी आगामी पाँच वर्षमा ओरेकल, ओपन एआई र सफ्ट बैंकजस्ता ठूला प्रविधि कम्पनीहरूले गर्नेछन् । यसका लागि ट्रम्पले नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने घोषणा गरेका छन् ।

ओरेकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डाटा सेन्टर निर्माण गर्ने काम पहिले नै भइरहेको बताएका छन्, जहाँ १० वटा भवन निर्माणाधीन छन् । अब यसलाई बढाएर २० पुर्‍याइनेछ ।

“यो यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो र यो ट्रम्पबिना हुन सक्दैनथ्यो,” ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले दाबी गरेका छन् ।

यसैबीच, सफ्टबैंक कम्पनीका मासायोशी सनले ट्रम्पका शब्दहरू सापट लिँदै भने, “यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो ।”

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro