site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नौ गोलको खेलमा बार्सिलोनाको रोमान्चक जित 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकाविरुद्ध ५–४ को रोमान्चक जित निकालेको छ ।

मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्टो लेवान्डोवस्की र राफिन्हाले समान दुई गोल गरेका थिए । यस्तै, एरिक ग्रासियाले एक गोल थपे । 

घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरेका थिए । बार्सिलोनाका रोनाल्डो अराउहोले आत्मघाति गोल गरेका हुन् । 

Dabur Nepal
NIC Asia

खेलको दोस्रो मिनेटमा पाभ्लिदिसले गोल गर्दै घरेलु टोलीले बार्सिलोनालाई दबाबमा राखेको थियो । १३औँ मिनेटमा लेवान्डोवस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । 

२२औँ मिनेटमा पाभ्लिदिसले गोल गर्दै बेन्फिकालाई पुनः २–१ को अग्रतामा राखेका थिए । 

३०औँ मिनेटमा पहिलो पाभ्लिदिसले ह्याट्रिक गरेपछि बेन्फिकाले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो । 

खेलको ६८औँ मिनेटसम्म ४–२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट कमब्याक जित निकाल्यो ।

जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ । ७ मध्ये पाँच खेल जितेको बार्सिलोनाको १६ अंक छ । 

शीर्ष स्थानको लिभरपुलको २१ अंक छ । ११ अंकसहित बेन्फिका १६औँ स्थानमा रह्यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro