site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीलाई टन्सिल
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भए पछि प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित भएका छन् ।

प्रधानमन्त्री ओली आज सशस्त्र प्रहरी (एपीएफ)को स्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम थियो । तर, टन्सिल भएपछि प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन नसकेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्री ओली सहभागी हुन नसकेपछि कार्यक्रममा गृहमन्त्री लेखक नै प्रमुख अतिथि बनेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्