अर्थ व्यवसाय
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं–लुक्ला सेक्टरमा इनरुट मौसमको बारेमा जानकारी दिने क्यामेरा जडान गरेको छ । उडानलाई सुरक्षित बनाउनको लागि क्यामेरा जडान गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसमसम्बन्धी सही सूचना दिनको लागि फाप्लुको उत्तरपूर्वमा क्यामेरा जडान गरिएको छ । क्यामेरा जडान गर्दा र सञ्चालन गर्दा लाग्ने सम्पूर्ण खर्च प्राधिकरणले बेहोर्नेछ ।
यसअघि, प्राधिकरणले पोखरा–जोमसोम सेक्टरको माहुरेडाँडा, कुटुका र लेतेमा मौसमी जानकारी दिने क्यामेरा जडान गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १५:३८
प्रतिक्रिया दिनुहोस्