site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘इनरुट मौसम’को पाइलटलाई हुँदैन पूर्वजानकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा आन्तरिक उडान गर्ने पाइलटहरूले उडान रुट ‘इनरुट मौसम’को बारेमा पूर्ण र पूर्वजानकारीबिना उडान गर्दै आएका छन् । इनरुट मौसमको बारेमा जानकारी दिने प्रविधि नहुँदा नेपालमा आन्तरिक उडान गर्ने हेलिकोप्टर र जहाजका पाइलटले मौसमबारेमा पूर्वजानकारीबिनै उडान गर्दै आएका हुन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को एनएक्स ३ मा ‘मेट्रोलोजिकल सर्भिस फर इन्टरनेस्नल एयर नेभिगेसन’ (मौसम विज्ञान सेवा) पर्छ । आईकाओका नियमानुसार नै यो सेवा हरेक राष्ट्रमा डिपार्टमेन्ट अफ हाईड्रोलोजी तथा मेट्रोलोजी (डीएचएम) ले दिने गर्छ । 

सोही अनुसार नेपालमा मौसमसम्बन्धी सेवा ‘जल तथा मौसम विज्ञान विभाग’ले दिँदै आएको छ । उक्त सेवा दिएबापत वायुसेवा कम्पनीले प्रत्येक फ्लाइटको १० डलर नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत जल तथा मौसम विज्ञान विभागलाई बुझाउँदै आएका छन् । तर, विभागसँग इनरुट मौसमबारे जानकरी दिने प्रविधि नै छैन । जसले गर्दा पाइलटले इनरुट मौसमको बारेमा पूर्णरूपमा जानकारी पाउन सकेका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले हाल पाइलटलाई उडान गर्नुभन्दा पहिला डिपार्चर (प्रस्थान) गर्ने एयरपोर्ट र ल्यान्डिङ (अवतरण) गर्ने एयरपोर्टको मौसमका बारेमा मात्र जानकारी दिँदै आएको छ । एयरपोर्टको मौसम (भिजिबिलिटी, तापक्रम, हावाको गति र दिशा) बारेमा विभागको मौसम पूर्वानुमान शाखाले जानकारी दिन्छ । 

जहाज उडान गर्नुभन्दा पहिले प्रस्थान र अवतरण गर्ने एयरपोर्टबाट देख्न सक्ने ठाउँसम्म (१० किलोमिटर)को मौसमको बारेमा जानकारी दिन्छ । त्यसबाहेक अन्य उडान रुटमा मौसमको जानकारी दिने उपकरण अहिले विभागसँग छैन ।

Global Ime bank

हाल आन्तरिक उडानमा हेलिकोप्टर र जहाजले नौ हजारदेखि १५ हजारको अल्टिच्युडमा उडान गर्छन् । उडान भर्नुअघि पाइलटलाई एयरपोर्टका साथै ‘इनरुट मौसम’को बारेमा जानकारी आवश्यक हुन्छ । 

विभागले हाल इनरुटमा कतिको उचाइमा उडान गर्ने भनेर जानकारी दिन्छ । तर, पाइलटलाई मुख्य सूचना भनेको हावाको गति, दिशा, तापक्रम र भिजिबिलिटी हो । विभागले इनरुटको मौसमको बारेमा जानकारी नदिने नेपाल वायुसेवा सञ्चालक संघ (आवोन)का महासचिव मनोज कार्कीले बताए । 

“हामीलाई एयरपोर्टमा समस्या छैन । तर, इनरुटमा चाहिने जानकारी हावाको गति, दिशा र त्यहाँको तापक्रमको बारेमा र भिजिबिलिटीको अवस्था हो,’’ उनले बाह्रखरीसँग भने, “त्यसबारेमा नै जानकारी दिइँदैन ।

जहाज उडान/अवतरण दुई प्रणालीमार्फत गरिन्छ । ‘इन्स्टुमेन्ट ल्यान्डिक रुल्स’ (आईएलआर) र ‘भिजुअल ल्यान्डिक रुल्स’ (भीएफआर) । आईएलआर भनेको विमान अवतरण गर्दा प्रविधिको प्रयोग गरेर ‘ल्यान्ड’ गर्ने प्रक्रिया हो । भीएफआर प्रणालीमा जहाज अवतरण गर्दा पाइलटले प्रत्यक्ष दृश्यमार्फत जहाज ‘ल्यान्ड’ गराउँछन् ।

भिजिबिलिटीका बारेमा जानकारी नहुँदा ग्रामीण क्षेत्रमा र भीएफआर उडान गर्ने जहाजहरू प्रभावित हुने गरेका छन् । जसले गर्दा जहाज र हेलिकोप्टरका पाइलटले अनुमानको भरमा उडान गर्नुपर्ने अवस्था छ ।  

नेपालमा आईएफआर उडान हुने १० वटा विमानस्थल छन् । तीबाहेक अन्य विमानस्थलमा भीएफआर उडान हुँदै आएको छ ।

उडान सुरक्षामा चुनौती 

इनरुटमा मौसम प्रतिकूल हुँदा पाइलट आफैँले डिक्लियर गर्ने अवस्था रहेको कार्कीले बताउँछन् । यसले उडान सुरक्षामै चुनौती थप्ने गरेको उनको भनाइ छ । 

“पाइलटलाई मुख्य रूपमा चाहिने भनेको नै भिजिबिलिटी हो । तर, इनरुटमा भिजिबिलिटी कस्तो छ भनेर पुर्व जानकारी पाइँदैन । एयरपोर्टबाट उडान भर्दा मौसम ‘क्लियर’ हुन्छ । तर, इनरुटमा कहिलेकाहीँ मौसम बिग्रिन्छ । त्यसपछि गन्तव्यमा कसरी र कहाँबाट पुग्ने भन्ने निर्णय पाइलट आफैँले नै ‘डिक्लियर’ गर्नुपर्ने हुन्छ । अनुमानको भरमा उडान गर्नुपर्ने अवस्था छ । यसले सुरक्षामासमेत चुनौती थपेको छ,” कार्कीले भने ।

उनका अनुसार इनरुट मौसमबारे पूर्वजानकारी पाउँदा पाइलटलाई उडान सकिन्छ वा सकिँदैन भन्ने बारेमा योजना बनाउन सहज हुन्छ । तर, उडानको समयमा बीच बाटोको मौसम प्रतिकूल हुँदा पाइलट ‘ट्र्याप’मा पर्ने र विमान दुर्घटनाको समेत जोखिम हुने उनले बताए ।

उनले आफूहरूले इनरुट मौसमको बारेमा पूर्वजानकारी दिन बारम्बार आग्रह गर्दै आएको बताए । 

प्राधिकरण भन्छ– सेवा सुरु गरेका छौँ, सफल भए विस्तार हुन्छ

तारा एयर दुर्घटनापछि हाल प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर पोखरा–जोमसोम रुटमा पाइटल प्रोजेक्टका रूपमा ६ वटा वेदर क्यामेरा जडान गरेको छ । उक्त प्रोजेक्टबाट प्राधिकरणले इनरुट मौसमसम्बन्धी सेवा सुरु गरेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । यो सेवा सफल भएमा अन्य रुटमा पनि विस्तार गर्ने भुलले बताए ।

'उडान प्रतिबन्धले दुर्घटना न्यूनीकरण हुँदैन'

प्राधिकरणले नयाँ निर्देशिका जारी गर्दै माउन्टेन फ्लाइट र सिलिङ उडानमा प्रतिबन्ध आगामी सेप्टेम्बरसम्म रोक लगाएको छ । नेपालमा हेलिकोप्टर दुर्घटना बढेपछि न्यूनीकरण गर्नका लागि नयाँ निर्देशिका ल्याइएको प्राधिकरणले जनाएको छ । हेलिकोप्टर दुर्घटनाले नेपाली आकाश असुरक्षित रहेको सन्देश जाने भएकाले माउन्टेन फ्लाइट र सिलिङ उडानमा रोक लगाइएको प्राधिकरणको तर्क छ ।

तर, आवोनका अध्यक्ष क्याप्टेन रामेश्वर थापा उडान प्रतिबन्धले दुर्घटना कम नहुने बताउँछन् । उडान रोक्ने प्राधिकरणको निर्देशिका नै व्यवहारिक नभएको उनको भनाइ छ ।  उनले अहिले हेलिकोप्टर सुरक्षाका लागि आफूहरू पनि गम्भीर रूपमा लागेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय