site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाइलटहरूको हडतालका कारण नेपाल एयरलाइन्सका यात्रु अलपत्र
फाइल तस्बिर ।

काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)का पाइलटको आन्दोलनका कारण निगमको उडान प्रभावित भएको छ । पाइलटहरूले हडताल गरेपछि निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

सेवा सुविधा कम भएको भन्दै निगममा स्थायी पाइलटहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । विमानस्थल पुगेका यात्रुहरू पाइलट आन्दोलनका कारण घण्टौँ बसेर फर्किन बाध्य भएका छन् ।

Dabur Nepal
NIC Asia

आन्दोलनले काठमाडौं–मुम्बई तथा काठमाडौं–दुबई उडान प्रभावित भएको छ । काठमाडौं–मुम्बई उडानका १४९ यात्रु र काठमाडौं–दुबई उडानका १६४ यात्रु विमानस्थल पुगेका थिए । दिल्लीबाट काठमाडौं आउने यात्रुहरूलाई समेत अन्तिम समयमा उडान रद्द भएको भन्दै फर्काइएको छ ।

दिल्लीबाट काठमाडौं आउन लागेकी पुनम सिंहले यात्रुहरूलाई उडान रद्दबारे कुनै जानकारी नगराएको, बच्चा र वृद्धहरूको सुरक्षालाई बेवास्ता गरिएको, निम्न स्तरको होटलमा राखिएको, सेयरिङवाला कोठामा राखिएको, स्टेसन म्यानेजरले एकदमै तल्लो स्तरको व्यवहार देखाएकोसहितका विषय उठाएकी छन् ।

“दिउँसो ३ः५० को फ्लाइट थियो । विमानस्थलमा आएपछि आफैँ ट्याक्सी चढेर होटेल जानुस् र भोलिमात्रै उडान हुन्छ भन्ने जानकारी दिए,” सिंहले भनिन्, “कुरा गर्दा कर्मचारी पनि अघि आएनन् । राम्रोसँग जानकारी पनि छैन । यस्तो लापरबाही पनि हुन्छ ? हामीलाई उबर चढेर जानुस् र रिसिप्ट ल्याएर पैसा लिनुस् भन्छन् ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक जगन्नाथ निरौलाले काठमाडौं–मुम्बई उडान आजै हुने र दुबई जाने यात्रुहरूलाई  निगमले होटेलमा लगेर राखेको बताए ।

“काठमाडौं–मुम्बई बेलुका राति ९ बजे उडान हुने र दुबईको आजलाई क्यान्सिल गरेको छ,” निरौलाले भने, “दुबई जाने यात्रुहरूलाई होटेलमा लगेर राखेको छ ।”

निगमका स्थायी पाइलटले सेवा सुविधा कम भएको भन्दै आइतबारदेखि हड्तालमा उत्रिएका हुन् । निगममा पाइलटको करार र स्थायी गरी दुई दरबन्दी छ । स्थायी पाइलटले सेवा सुविधा कमी भएको भन्दै आन्दोलनमा उत्रिएको निगम प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro