site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली भुटान प्रस्थान
SkywellSkywell

काठमाडौं । साफ यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली फुटबल टोली बुधबार भुटान प्रस्थान गरेको छ । 

भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुने साफ यू–१६ च्याम्पियनसिपको चौथो संस्करणमा सहभागिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली टिमलाई सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा बुधबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले शुभकामनासहित बिदाइ गरेका थिए । 

KFC Island Ad
NIC Asia

रवीन्द्र सिलाकारको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली बुधबार नै थिम्पु प्रस्थान गर्ने छन् । 

प्रतियोगितामा यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेरसमूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन । 

Royal Enfield Island Ad

सन् २०११ देखि सुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । नेपालले आइतबार बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको १४ दिनको प्रशिक्षण र अधिकांश एन्फा यू–१६ युथ लिग खेल खेलेका खेलाडी रहेकाले भुटानमा राम्रो प्रदर्शन गर्ने नेपाली टोलीको विश्वास छ ।

नेपाली टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार छन् । रक्षकमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोरकुमार दनवार र सरन एसके छन् । 

मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् । 

च्याम्पियनसिपमा सेप्टेम्बर १ देखि १० सम्म भुटानको राजधानी थिम्पुमा हुनेछ ।

६ टोलीको सहभागी रहने प्रतियोगितामा समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro