site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनाको जितमा मार्टिनेज निर्णायक, उरुग्वेविरुद्ध ब्राजिल रोकियो

काठमाडौं । इमिलियानो मार्टिनेजले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेपछि अर्जेन्टिनाले फिफा विश्वकप २०२६ छनोटमा पेरुविरुद्ध १–० को जित निकालेको छ ।

बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई तीन अंक दिलाउन मार्टिनेजले ५५औँ मिनेटमा निर्णायक गोल गरे । यो गोलसँगै मार्टिनेज अर्जेन्टिनाबाट पाँचौँ सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले अर्जेन्टिनाबाट ३२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो कीर्तिमानमा मार्टिनेजले डियागो म्याराडोनासँग बराबरी गरेका हुन् ।

जितसँगै तीन अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट सात अंक जोडेको पेरु भने तालिकाको पुछारमा छ ।

छनोटअन्तर्गत बुधबार बिहानै भएको अर्को खेलमा ब्राजिल भने उरुग्वेसँग १–१ को बराबरीमा रोकिएको छ । ब्राजिलमै भएको खेलमा पाहुना टिम उरुग्वेले फेडेरिको भाल्भार्डेको गोलमा अग्रता बनाएको थियो । भाल्भार्डेले ५५औँ मिनेटमा गोल गरेका थिए । तर, ६२औँ मिनेटमा ग्रेसनले गोल गर्दै घरेलु समर्थकमाझ ब्राजिललाई खेलमा फर्काएका हुन् ।

छनोटको दोस्रो स्थानमा रहेको उरुग्वेले १२ खेलबाट २० अंक जोडेको छ । समान खेलबाट १८ अंक जोडेको ब्राजिल भने तालिकाको पाँचौ स्थानमा छ ।

बुधबारका अन्य खेलमा चिलिले भेनेजुयलालाई ४–२ ले र इक्वेडरले कोलम्बियालाई १–० ले हराउँदा बोलिभिया र पराग्वेले भने २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro