site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक

विराटनगर । एनपीएल लिग खेल्ने विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ । मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरे ।

जर्सीको कलर पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको एन्थम गीत समेत सार्वजनिक गरिएको छ । 

भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बासिडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गीत र्‍याप फर्म्याटमा रहेको छ । 

यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । पूर्वेली गायिका रिमाल क्रिकेटको ठूलो समर्थक हुन् ।

कार्यक्रममा भर्खरै नेपाली अन्डर १९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल कोच महेशप्रसाद रिजाल र खेलाडी रिया शर्मालाई समेत सम्मानित गरिएको थियो । 

कार्यक्रममा टिमका मार्की खेलाडी सन्दीप लामिछाने सहभागी थिए । कार्यक्रममा कोसी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किटसमेत प्रदान गरिएको थियो । 

ग्रासरुटका खेलाडीको क्रिकेट विकासका लागि उक्त किट हस्तान्तरण गरिएको टिमका मालिक पारस लुनियाले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro