देश
काठमाडौं । रोमानियामा भएको विस्फोटमा दुईजना नेपाली घाइते भएको आशंका गरिएको छ ।
शनिबार रोमानियाको राजधानी बुखारेस्ट नजिकै एउटा ग्यास स्टेसनमा दुईवटा विस्फोट भएका थिए । जसमा दुईजनाको मृत्यु भएको थियो । अन्य ५६ जाना घाइते भएको बीबीसीले जनाएको छ ।
आइतबार रोमानियाको परराष्ट्र मन्त्रालयले विस्फोटमा दुई नेपाली पनि घाइते भएको जनाएको हो । घाइते हुनेमा धनुषाका भक्तबहादुर सुनुवार र सुनसरीका रमेशकुमार साह रहेका छन् ।
उनीहरू दुवैजनाको बुखारेस्टस्थित ‘बगडासर आर्सेनी’ अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको रोमानियाको परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले जनाएको छ ।
बीबीसीका अनुसार विस्फोटको कारण खुलेको छैन ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १९:४२
प्रतिक्रिया दिनुहोस्