site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलाले मात्रै स्थिरता दिन सक्छन् : अर्थमन्त्री 
फाइल तस्बिर

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने बताए । 

महिला औद्योगिक पार्क अवधारणा सामान्यजस्तो लागे पनि दुरगामी महत्वको रहेको उनको भनाइ छ । नेपालमा धेरै ठूलो संख्यामा युवा  विदेशिएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थिरता दिनसक्ने उनको धारणा छ ।  

ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उनले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे । 

उनले सानो परिमाणमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्याउन सरकारले सहजीकरण गर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro