site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘इम्पावर्ड बाई’को रूपमा फोन पे नेपाल बिजनेस समिट २०२५ मा सहभागी

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेले आगामी नेपाल बिजनेस समिट २०२५ मा ‘इम्पावर्ड बाई’ साझेदारको रूपमा सहभागी हुने घोषणा गरेको छ ।

सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान तथा विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहभागिता रहने यस समिटमा, फोन पेले डिजिटल अर्थतन्त्र, वित्तीय समावेशिता र प्रविधि सशक्तीकरणका विषयमा ध्यान केन्द्रित गर्ने जनाएको छ । सम्मेलन जेठ तेस्रो हप्ता हुनेछ ।

फोन पेले ‘सस्टेनेबल एन्ड रेजिलिएन्ट इकोनोमी’ भन्ने नारासहित आयोजना हुने यस समिटमा आफ्नो प्रमुख भूमिका प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।

समिटमा, कम्पनीले वित्तीय सेवा, प्रविधि, महिला उद्यमशीलता, ग्रामीण क्षेत्रको समावेशीकरणलगायत विविध आयाममा आफ्ना पहल र दृष्टिकोण प्रस्तुत गर्नेछ । साथै, समिटका दौरान विविध शैक्षिक, नीति निर्माण, व्यावसायिक तथा सामाजिक पक्षमा संवाद, छलफल तथा सहकार्यलाई प्रवद्र्धन गरिने जनाएको छ ।

नेपाल बिजनेस समिट २०२५ मा यो साझेदारीले देशको डिजिटल अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro