देश

काठमाडौं । सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई पठाइएको पत्र अनधिकृत रहेको बताएको छ । बुधबार एक विज्ञप्तिमार्फत सर्वोच्चले पत्र कार्यान्वयन नगर्न आग्रह गरेको छ ।
अनधिकृतरूपमा पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिमको कारबाहीको प्रक्रिया थालिसकेको सर्वोच्चले जनाएको छ ।
"यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको," सर्वोच्चले भनेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १६:३२
प्रतिक्रिया दिनुहोस्