
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको कुल उत्पादन बढेको छ । कुल उत्पादन बढेर ९२ खर्ब ४६ अर्ब ५५ करोड रुपैयाँ हुने राष्ट्रिय तथ्यांक कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कुल उत्पादन ८७ खर्ब ८० अर्ब ७७ करोड रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।
एक वर्षको अवधिमा उत्पादन ४ खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ बढेको कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार उक्त वर्षमा कुल उत्पादन ८२ खर्ब १४ अर्ब ५० करोड कायम गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)को अनुपातमा स्थिर पुँजी निर्माण घट्ने देखिएको छ । यो वर्ष स्थिर पुँजी निर्माण २४.०७ प्रतिशत मात्र हुने कार्यालयले अनुमान गरेको छ ।
गत वर्ष स्थिर पुँजी निर्माण जीडीपीको २४.३३ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/०८० मा जीडीपीको २४.५९ प्रतिशत स्थिर पुँजी थियो ।