site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदीविरुद्ध अविश्वासको प्रस्तावबारे भारतको लोकसभामा छलफल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउन संसद्मा छलफल थालेका छन् ।

२६ विपक्षी दलको गठबन्धन भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया)ले मोदीविरुद्ध मंगलबार लोकसभामा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको हो । अविश्वासको प्रस्तावमाथिको छलफल आजदेखि सुरु भएर अझैं दुई दिन चल्ने ठानिएको छ ।

छलफलमा आम आदमी पार्टीका नेता सञ्जय सिंहले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको केन्द्र सरकारले आफ्नो पार्टीका सांसद राघव चड्ढाको सदस्यता राहुल गान्धीको जसरी हटाउन चाहेको आरोप लगाएका छन् ।

तृणमूल कांग्रेसका राज्यसभा सांसद डेरेक ओब्रायनलाई संसद्को बाँकी सत्रका लागि निलम्बन गरिएको छ । सभामुखको अवज्ञा गरेको भन्दै सभामुखले उनको निलम्बनको प्रस्ताव दर्ता गराएका थिए ।

यस्तै, कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्ने क्रममा प्रधानमन्त्री मोदीमाथि कडा टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीको मौनव्रत तोड्न अविश्वासको प्रस्ताव ल्याएको बताएका छन् ।

सन् २०१८ मा पनि मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको थियो  । त्यतिबेला उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

मोदीले त्यतिबेला संसद्मा विपक्षी दलहरुलाई ‘यति तयारी गर्नुहोस् कि अबको पाँच वर्षपछि पनि फेरि यसरी नै अविश्वासको प्रस्ताव ल्याउन सफल हुनुहोला’ भनेर भनेको भिडियो अहिले साँच्चै अविश्वासको प्रस्ताव ल्याउने तयारी भएसँगै केही दिनअघि चर्चामा आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro