site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची बनाउँदै

काठमाडौं । चीनले अमेरिकी उत्पादन भएका केही वस्तुहरूलाई लाग्ने १२५ प्रतिशत आयात करमा छुट दिने सूची तयार गरिरहेको छ । 

स्रोतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार चिनियाँ सरकारले यस विषयमा कम्पनीहरूलाई गुपचुपरूपमा सूचना दिएको रोयटर्सले बताएको छ । चीनले अमेरिकासँगको व्यापार युद्धको प्रभाव कम गर्न यस्तो कदम चाल्न लागेको बताइएको छ ।

चीनले पहिल्यै केही सीमित वस्तुहरू जस्तैः फार्मास्युटिकल, माइक्रोचिप र एयरक्राफ्ट इन्जिनमा कर छुट दिएको छ । कम्पनीहरूलाई आयात कर छुट दिनुपर्ने अन्य आवश्यक वस्तुहरू के–के हुन् खुलाउन आग्रह गरिरहेको बताइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनले भित्रभित्र यस्तो गोप्य नीति लागु गरे पनि सार्वजनिक रूपमा भने आफूविरुद्ध अमेरिकाले लगाएको १४५ प्रतिशत आयात कर नहटाएसम्म डटेर लड्ने बताउँदै आएको छ ।

यो सूचीमा समावेश गरिएका वस्तुहरू कति र कुन–कुन छन् भन्ने स्पष्ट छैन । सूची पनि सार्वजनिक गरिएको छैन । 

सरकारले आयात कम्पनीहरूलाई व्यक्तिगत रूपमा सम्पर्क गरी आयात करबाट छुट पाउने उत्पादनहरूको वर्गीकरण सूचीको बारेमा जानकारी दिँदै गरिएको रोयटर्सले जनाएको छ । 

शांघाई पुडोङ सरकारले सोमबार उनीहरूको कम्पनीलाई यो सूचीको बारेमा जानकारी दिएको थियो । यसअघि उक्त कम्पनीले आफ्ना केही उत्पादनहरूमा अमेरिकी प्रविधि आवश्यक भएकाले शुल्क छुटको लागि लबिङ गरेको थियो ।

“हामीलाई अहिले पनि धेरै प्रविधियुक्त सामानहरू अमेरिकाबाट खरिद गर्दै आइरहेका छौँ,” उनले भने ।

अर्को एक स्रोतले चीनले केही कम्पनीहरूलाई आफ्ना आयातित वस्तुहरू छुटको योग्य छन् कि छैनन् थाहा पाउँन सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गर्न लगाइएको बताएको छ । 


 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्