site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमएम कप क्रिकेटमा आसाम विजयी

विराटनगर । एमएम कप फाउन्डेसनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समूह बी अन्तर्गतको दोस्रो लिग खेलमा आसामसँग आयोजक कोसी प्रदेश ९७ रनले पराजित भएको छ । पराजयसँगै कोसीको फाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

मंगलबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३७ रनले स्तब्ध पार्दै पहिलोपटक जित निकालेको कोसीले आसामसँग ठूलो अन्तरले पराजित बन्यो ।

जितसँगै आसामले दुई अंक बटुलेको छ । कोसीको पनि दुई अंक नै रहेको छ । तर, नेट रन रेटमा कोसी आसामभन्दा पछि छ ‌। आसामले अब बिहीबार पुलिसँग प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरको खेलमा ४७.३ ओभारमा सबै विकेट गुमाएर २०९ रनको सम्मानजनक स्कोर बनाएको थियो । आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ९९ बलमा दुई छक्का र सात चौका प्रहार गर्दै ७८ रन बनाउँदा अरुण सोनारले ५१ रन, केभिन सन्जिव क्रिस्टोफरले १५ रन र अमित सिंहाले १२ रनको योगदान दिए । कोसीका प्रेम कामतले १० ओभरमा तीन मेडन राख्दै चार विकेट लिँदा विपीनकुमार महतो र भुपाल लुइँटेलले २–२ विकेट लिए ।

जवाफमा २१० रनको लक्ष्य पाएको कोसीले ३७.२ ओभरमा सबै विकेट गुमाएर ११२ रनमा सीमित भयो । कोसीका विपीनकुमार महतोले र यस भट्टराईले १५–१५ रन जोडे । त्यस्तै, ओपनर ब्याटरले चिराग कबहले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । आसामका टपनकुमार शर्माले तीन विकेट लिँदा कप्तान गोकसल शर्मा पनि तीन विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro