site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
किन घोषणा गरिएन समाजवादी विद्यार्थी मोर्चा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गरी चार दल सम्मिलित समाजवादी मोर्चाको आज विद्यार्थी मोर्चा घोषणा गर्ने गरी कार्यक्रम तय गरिएको थियो ।

शनिबार नै आज (आइतबार) मोर्चा गठन र घोषणा गर्ने कार्यक्रम रहेको भनेर प्रचार गरियो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आज बिहान दिएको जानकारीमा पनि मोर्चा घोषणा गर्ने उल्लेख छ ।  तर, विद्यार्थी मोर्चा घोषणा गरिएन । कार्यक्रम नै परिवर्तन भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

मोर्चाले च्यासलस्थित हिमालय कलेजमा ‘समाजवाद र समाजवादी शिक्षाका आधार विषयक बृहत कार्यक्रम’ गर्यो । जहाँ प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, शिक्षामन्त्री अशोक राई र नेकपाकी नेतृ उमा भुजेल सहभागी थिइन् ।

पहिल्यै बोले प्रधानमन्त्री, भने– घेरा हाल्न लागेपछि आएँ !

Global Ime bank

प्रधानमन्त्री प्रचण्डले विद्यार्थी मोर्चाको घोषणा नहुने भएपछि आफू कार्यक्रममा नआउने मुडमा पुगेको बताए ।  तर, माधव नेपालले पनि आए हुन्थ्यो भनेपछि र विद्यार्थीले घेरा नै हाल्न लागेपछि आफू आएको सुनाए । कार्यक्रममा  शीर्ष नेताहरुमध्ये पहिल्यै प्रधानमन्त्री बोलेका थिए ।

“म समयको दबाबमा थिएँ । तपाईँ एकछिन आउनैपर्छ भनेपछि र घोषणा कार्यक्रम हो भनेपछि मैले आउने वचन दिएकै थिएँ । तर बिहान थोरै कन्फ्युजन भयो । घोषणा त अहिले नहुने भयो । कार्यक्रम चाहिँ हुनेभयो भनेपछि मैले कमरेड माधवकुमार नेपाललाई मेरो सरकारको काम सिंहदरबारमा अलिक बढी जरुरी छ,” प्रचण्डले भने, “अहिले समाजवादी मोर्चाको उहाँ हुनुहुन्छ । मोर्चाको अध्यक्षको नाताले तपाईँ गएपछि मेरो समयको वचत हुन्थ्यो कि भनेर मैले भनेको थिएँ । तर, माधवजीले छोटो समय भए पनि तपाईँ आउँदा हुन्थ्यो भन्नुभो । पछि, विद्यार्थी साथीहरुले त घेरा हाल्न सिंहदरबार नै आउनुहुन्छ कि जस्तो गरेपछि म तपाईँहरुको अगाडि उपस्थित छु ।”

घोषणा किन गरिएन ?

स्रोतका अनुसार शनिबार साँझसम्म मोर्चा नै गठन गर्ने तयारी थियो । तर, आइतबार बिहान शीर्ष नेताहरु जनसंगठनको मोर्चा नबनाउने निष्कर्षमा पुगेका हुन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनसंगठनको मोर्चा घोषणा नगर्ने निर्णय गरिएकाले अध्यक्षहरु रहेको समन्वय संयन्त्र बनाइएको बताए । त्यही संयन्त्रमार्फत् मोर्चाको धारणाहरु अघि बढाइने पराजुलीले जानकारी दिए ।

“कुनै पनि जनसंगठनको मोर्चा घोषणा नगर्ने निर्णय भएको छ । शीर्ष नेताहरुबीच जनसंगठनको मोर्चा पनि बनाउने भन्ने निर्णय भयो भने त्यहीअनुसार अघि बढ्छौँ,” उनले भने, “अहिलेलाई हामीले विद्यार्थी संगठनका अध्यक्षहरुको समन्वय संयन्त्र बनाएका छौँ । त्यही संयन्त्रमार्फत नै मोर्चाको धारणा सार्वजनिक गर्नेछौँ ।”

ओलीलाई आरोपदेखि प्रधानमन्त्रीलाई प्रश्नसम्म

कार्यक्रमको सुरुआतमा नै बोलेका प्रचण्डले भ्रष्टाचारविरुद्ध जेहाद छेडिएको बताए । उनले सुशासनको अभियान नरोकिने समेत बताए ।

“भ्रष्टाचार विरोधी या राज्यको सम्पति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने बेथितिका विरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएको छ,” प्रचण्डले भने, “यो कदम यहीँ रोकिनेवाला छैन । यो कदम निरन्तर अघि बढ्नेवाला छ ।”

उनले यो कुनै आवेग र स्टन्टमा यी काम नभएको पनि दाबी गरे । “कुनै आवेगको कुरा होइन । यो राजनीतिक स्टन्डको कुरा होइन्,” प्रधानमन्त्रीले भने ।

उनले युवा, विद्यार्थी साथमा रहेको बताउँदै आगामी दिनमा अरु फाइल खुल्दै जाने बताए । “आउने दिनमा हेर्दै जानुहोला । अरु फाइल खुल्दै जानेवाला छन्,” प्रचण्डको भनाइ छ ।

जनता पनि साथमा भएपछि ब्याटल जितिने उनको भनाइ छ  ।

त्यस्तै, प्रचण्डले गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चाका नेताहरुमा भ्रम सिर्जना गर्ने षड्यन्त्र भइरहेको उल्लेख गरे । एक अर्कालाई विश्वास दिलाउँदै अघि बढ्ने समझदारी भएको सुनाए ।

No description available.

ओलीलाई लगाए आरोप

कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा आयोगको प्रतिवेदन लुकाएर हराएको भनेको आरोप लगाए । उनले ओलीले तकियामुनि लुखाएको प्रतिवेदन आफूले खोजी गरिरहको सुनाए ।

“उच्च शिक्षा आयोगको प्रतिवेदन धेरै पहिले तयार भएको थियो । हामी नेकपा हुँदा नै प्रतिवेदन तयार थियो । त्यसलाई सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने कुरामा तात्कालीन पार्टीको अध्यावधिक ठूलो बहुमत सहमत थियो । तर, तात्कालीन प्रधानमन्त्रीले उच्च शिक्षा आयोगको त्यो प्रतिवेदन सार्वजनिक गर्न चाहनुभएन,” प्रधानमन्त्रीले आरोप लगाए, “उहाँले त्यसलाई तकियामुनि राख्नुभयो । अहिले त्यो हराएको छ । म प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी भइरहेको छ ।”

प्रचण्डले संघीय शिक्षा ऐन मंगलबार बस्ने मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा पठाइने जानकारी पनि दिए । संघीय शिक्षा ऐन यही सदनबाट पारित गरिने तयारी रहेको पनि बताए ।

“मंगलबार (पर्सि) मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटि संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदै छ,” उनले भने, “मलाई लाग्छ, यो आफैँमा एउटा गुणात्मक प्रकृतिको हुनेछ ।”

उनले यसले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको रिक्त अध्यक्ष पद पनि मंगलबारसम्ममा पूर्ति गरिने उनले विश्वास दिलाए । त्यस्तै, अन्य रिक्त पदपूर्ति गरिने बताए ।

मोर्चामा आह्वान गर्दै नेपालले भने– घिसारेर ल्याउन सक्दैनौँ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चामा आउन सबै वामपन्थी दललाई आह्वान गरे । उनले वामपन्थीहरुलाई  एकीकृत गर्न बनाइएको मोर्चाको प्रयास र प्रभाव सकारात्मक रहेको सुनाए ।

मोर्चामा धेरैभन्दा धेरैलाई समेट्न चाहेको उनको भनाइ थियो । “हामी सकेसम्म धेरैभन्दा धेरैलाई समेट्न चाहन्छौँ । हामीले समेट्ने कुरा गरेर मात्रै पुग्दैन । अरुले पनि चाहना राख्नुपर्छ,” उनले भने ।

मोर्चाका समेत अध्यक्ष रहेका नेपालले आउनेले चाहना नराखे घिसारेर र आफ्ना कुरा थोपरेर ल्याउन नसकिने बताए ।

“अरुले चाहना राखेनन् भने हामी घिसारेर ल्याउन सक्दैनौँ । आफ्नो कुरा थोपर्न सक्दैनौँ । हामी सबैलाई मोर्चामा आउन आह्वान गर्दछौँ । आउनुस् बसौँ,” उनले भने ।

कर्मचारीले ल्याएको कानुन हामी थपडी बजाएर पास गर्दिन्छौँ : उपेन्द्र यादव

कार्यक्रममा जसपाका अध्यक्ष यादवले कर्मचारीले नै बनाएको नीति कार्यक्रम, बजेट  र कानुन आउने गरेको बताए । कर्मचारीले ल्याएको नीतिले समाजवाद नआउने उनको जिकिर थियो ।

“पार्टीहरु बाहिर लामा लामा भाषण गर्छौँ । कार्यकर्तालाई पनि खुब उत्तेजित पार्छाै । सरकारमा गएपछि त्यहाँको कर्मचारीले लेखदिन्छ, नीति तथा कार्यक्रम । त्यो पढेर देश बनाउन खोज्छौँ, त्यो कहिल्यै हुँदैन,” उनले भने, “कर्मचारीले बनाइदिएको नीति कार्यक्रम पढेर समाजवाद आउँछ ? कर्मचारीले सरकारको नीति बनाउँछ, बजेट बनाउँछ । कर्मचारीले कानुन ल्याइदिन्छ, हामी संसद्मा थपडी बजाउँछौँ र पास गर्दिन्छौँ । देश जतासुकै जाओस् ।”

यादवले जनताको शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्ने बताए । शिक्षा जनताको मौलिक अधिकार भएकाले दायित्व सरकारले लिनुपर्ने बताएका हुन् ।

गुणस्तरीय शिक्षा र रोजगारी नै समाजवादको आधार भएको उनको भनाइ छ । “सबैको लागि गुणस्तरीय शिक्षा र रोजगारी नै समाजवादको आधार हो,” यादवले भने ।

त्यस्तै, शिक्षामन्त्री समेत रहेका जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले संघीय शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारी भएको जानकारी गराए ।

‘लागु गर्न कसले छेकेको छ ?’

विप्लव नेतृत्वको नेकपाकी स्थायी कमिटी सदस्य उमा भुजेलले समाजवाद अनिवार्य आवश्यकता बन्न आएको बताइन् । उनले शिक्षाका सन्दर्भमा समाजवादउन्मुख भनेर लेखिए पनि लागु गर्न कसले रोकेको छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।

“समाजवाद उन्मुख भनेर लेखिएको छ । उहाँ (प्रधानमन्त्री)ले भन्नुभयो, हामीलाई यो कुरा थाहा छ । लागु हुन्छ कि हुँदैन ?,” उनको प्रश्न थियो, “लेख्ने कुरा राम्रो हो । शिक्षा मौलिक अधिकार भनिएको छ । निःशुल्क भनिएको छ । लागु गर्न कसले छेकेको छ ?”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !