site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चारवटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मिति २०८२ साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी हुने सम्मेलन आयोजना सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ । 

Argakhachi Cement Island Ad

बैठक बिहान साढे ८ बजे बस्नेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । 

बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ । 

सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण हुनेछ । बैठक बिहान साढे १० बजे हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ९ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०५:५३
प्रतिक्रिया दिनुहोस्