site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीले कानुन ल्याइदिन्छ, हामी थपडी बजाउँछौँ र पास गर्दिन्छौँ : उपेन्द्र यादव 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनताको शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्ने बताएका छन् ।

आइतबार च्यासलमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले शिक्षा जनताको मौलिक अधिकार भएकाले सरकारले दायित्व लिनुपर्नेमा जोड दिए ।

गुणस्तरीय शिक्षा र रोजगारी नै समाजवादको आधार भएको उनको भनाइ छ । “सबैको लागि गुणस्तरीय शिक्षा र रोजगारी नै समाजवादको आधार हो,” यादवले भने ।

कर्मचारीले बनाएको नीति तथा कार्यक्रम पढेर समाजवाद नआउने समेत उनले बताए । कर्मचारीले नै बनाएको नीति तथा कार्यक्रम, बजेट र कानुन ल्याइने गरिएको उनले उल्लेख गरे ।

“पार्टीहरू बाहिर लामालामा भाषण गर्छौँ, कार्यकर्तालाई पनि खुब उत्तेजित पार्छौँ । सरकारमा गएपछि त्यहाँको कर्मचारीले लेखिदिन्छ, नीति तथा कार्यक्रम, त्यो पढेर देश बनाउन खोज्छौँ, त्यो कहिल्यै हुँदैन,” उनले भने, “कर्मचारीले बनाइदिएको नीति–कार्यक्रम पढेर समाजवाद आउँछ ? कर्मचारीले सरकारको नीति बनाउँछ, बजेट बनाउँछ, कर्मचारीले कानुन ल्याइदिन्छ, हामी संसद्मा थपडी बजाउँछौँ र पास गर्दिन्छौँ, देश जतासुकै जाओस् !”

राजनीतिक नेतृत्व, समाजवादी चिन्तक बसेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

नेपालमा जनताले राम्रोसँग उपचार गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro