site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हेर्दै जानुहोला, अरू फाइल खुल्नेवाला छन् : प्रधानमन्त्री 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान अघि बढ्दै जाने बताएका छन् ।

आइतबार ललितपुरको च्यासलमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले बेथितिविरुद्ध ‘जेहाद’ छेडिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भ्रष्टाचारविरोधी या राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने बेथितिका विरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएको छ,” उनले भने, “यो कदम यही रोकिनेवाला छैन । यो कदम निरन्तर अघि बढ्नेवाला छ ।”

उनले यो कुनै आवेग र ‘स्टन्ट’ नभएको पनि बताए । “कुनै आवेगको कुरा होइन । यो राजनीतिक स्टन्टको कुरा होइन,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आउँदा दिनमा अरू फाइल खोल्दै जाने उल्लेख गरे । “आउने दिनमा हेर्दैैैैै जानुहोला, अरू फाइल खुल्दै जानेवाला छन्,” उनले भने ।

जनता पनि साथमा भएपछि ‘ब्याटल’ जितिने उनको भनाइ छ  । ब्याटलमा लामबद्ध हुन उनले आग्रह पनि गरे । नयाँ युगको परिकल्पना साकार पार्न सबैको साथ आवश्यक रहेको उनले बताए ।

सत्ता गठबन्धनमा फाटो ल्याउन समाजवादी मोर्चाका नेताहरूमा भ्रम सिर्जना गर्ने षड्यन्त्र भइरहेको जिकिर उनले गरे । एकार्कालाई विश्वास दिलाउँदै अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्