site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोर्चामा आउन माधव नेपालको आह्वान, भने– घिसारेर ल्याउन सक्दैनौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चामा आउन सबैलाई आह्वान गरेका छन् । आइतबार च्यासलमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले वामपन्थीहरुलाई एकीकृत बनाउने प्रयास भइरहेको बताए ।

त्यसले राम्रो सन्देश पनि दिएको उनको भनाइ छ । उनले मोर्चामा धेरैभन्दा धेरैलाई समेट्न चाहेको बताए । “हामी सकेसम्म धेरैभन्दा धेरैलाई समेट्न चाहन्छौँ । हामीले समेट्ने कुुरा गरेर मात्रै पुग्दैन । अरुले पनि चाहना राख्नुपर्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष नेपाालले आउनेले चाहना नराखे घिसारेर ल्याउन नसक्ने बताए । “अरुले चाहना राखेनन् भने हामी घिसारेर ल्याउन सक्दैनौँ । आफ्नो कुरा थोपर्न सक्दैनौँ । हामी सबैलाई मोर्चामा आउन आह्वान गर्दछौँ । आउनुस् बसौंँ,” उनले भने ।

उनले जनताको हितका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले समाजवाद समानता, न्यायको परिपाटी र जनताको समृद्धिको नाम भएको समेत बताए ।

Global Ime bank

“नेपाल राष्ट्रको हितका लागि, नेपाली जनताको हितका लागि कस्तो नीति अवलम्बन गनुपर्छ, त्यसको निम्ति हामी मिलेर अघि बढौँ,” नेपालले भने, “देशलाई राम्रो बनाउनका लागि जनताले चाहना गरेबमोजिम पनि एकताको आवश्यकता छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement