site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैतडीमा ४०० मिटर तल खस्यो बस, एकको मृत्यु, ३८ जनाको अवस्था गम्भीर
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बैतडीमा यात्रीवहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६, रम्तोलीका अन्दाजी २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको उनले बताए ।

उनका अनुसार आज दिउँसो करिब १ बजेर ५ मिनेटमा लु२ख २०११ नम्बरको बस दुर्घटना भएको हो । मेलौली नगरपालिका–७, स्वाखानीमा बस दुर्घटना भएको उनले बताए ।

बस सडकबाट करिब ४०० मिटर तल खसेको उनले जानकारी दिए । “एकजनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् । दुर्घटनापछि उद्धार गरिएका एकजनाको उपचारका क्रममा दिउँसो २ बजेर २० मिनेटमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो,” उनले बाह्रखरीसित भने ।

घाइते ३८ जनाकै अवस्था गम्भीर रहेको उनले बताए । घाइतेमध्ये २८ जनालाई थप उपचारका लागि डडेलधुरातर्फ पठाइएको उनले जानकारी दिए । उनका अनुसार बाँकी घाइतेको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।

सो बस पञ्चेश्वर–३, मडबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै थियो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro