देश
काठमाडौं । २०७७ पुसयता नेपाल भित्रिएको कुल पाँच करोड ८८ लाख ९१ हजार ९७० डोज कोरोनाविरुद्धको खोपमध्ये ४० लाख डोज खेर जाने भएको छ ।
महालेखा परीक्षकको ६०औँ प्रतिवेदनअनुसार चीन सरकारले अनुदानस्वरुप दिएको ४० लाख डोज साइनोभ्याक खोप खेर जाने अवस्थामा पुगेको हो । सो खोपको उपभोग्य म्याद १९ डिसेम्बर २०२३ सम्म रहेको छ ।
प्रतिवेदनअनुसार पाँच करोड ८८ लाख ९१ हजार ९७० डोज खोपमध्ये ३७ प्रतिशत मात्रै सरकारले खरिद गरेको हो । अन्य ३३ प्रतिशत कोभ्याक्स सुविधामार्फत् र ३० प्रतिशत विभिन्न दातृ राष्ट्रहरुले अनुदानस्वरुप प्रदान गरेको खोप हो ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १३:५३
प्रतिक्रिया दिनुहोस्