site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकल चोरी गर्न खोज्ने युवाको साथबाट भेटियो पेस्तोल

काठमाडौं । कपिलवस्तु प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकरीलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

मोटरसाइकल चोरी गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले फकरीको शरीर जाँच गर्दा उनको साथबाट पेस्तोलसहित गोली र छर्रा समेत बरामद गरेको हो ।

उनीमाथि थुनामा राखेर अनुसन्धान गर्न कपिलवस्तु अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । उनीविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दामा अनुसन्धान जारी राखेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro