site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
किन खेर जाँदै छ कोरोनाविरुद्धको ४० लाख डोज खोप ?
SkywellSkywell

काठमाडौं । कोभिड १९ विरुद्धको ४० लाख डोज खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागका अपूर्ति व्यवस्थापन शाखाको तथ्यांकअनुसार अहिले स्टकमा रहेको ४० लाख डोज साइनोभ्याक खोप प्रयोगविहीन बनेको हो ।

दुई डोजका लागि लक्षित सबै नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप लगाइसकेको र बुस्टर डोजको रुपमा सो खोप के गर्ने भन्नेबारे सरकारले निर्णय लिन सकेको छैन ।

किन स्टकमा रह्यो यति ठूलो मात्रामा खोप ?

KFC Island Ad
NIC Asia

नेपालमा फेब्रुअरी २०२१ देखि २०२२ को अन्तिमसम्म ६ करोड ३२ लाख डोज खोप भित्रिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाको तथ्यांक छ । जसमा ९४ लाख ६२ हजार डोज खोप विभिन्न देशले सहयोगस्वरुप निःशुल्क दिएका थिए । यसैमध्येको चिनले दिएको ४० लाख डोज हो हाल स्टकमा रहेको साइनोभ्याक खोप । 

कोभ्याक्स सुविधा र सहयोगबाट लक्षित जनसंख्याका लागि पर्याप्त खोप आएपछि सरकारले साइनोभ्याकलाई प्रयोगमा ल्याएको थिएन । हाल सोही खोप टेकुस्थित केन्द्रीय कोल्डचेनमा स्टकमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा शतप्रतिशत लक्षित जनसंख्याले दुई डोज खोप लगाइसकेका छन् भने झन्डै ८० लाख जनसंख्याले बुस्टर डोज पनि लगाएको तथ्यांक छ ।

थप बुस्टर डोजका लागि सरकारले फाइजर वाइभ्यालेन्ट खोप ल्याइरहेको छ । बिहीबारसम्म १३ लाख बढी डोज सो खोप नेपाल भित्रिएको छ । तर, ४० लाख स्टक खोपलाई के गर्ने भन्नेबार निर्णय भएको छैन ।

साइनोभ्याक खोप बुस्टरमा लगाउन किन नमिल्ने ?

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध बनेका इनएक्टिभेटेड भाइरसलाई बुस्टर डोजका रुपमा लगाउन अनुमति दिएको छैन । नेपालमा हाल स्टक रहेको साइनोभ्याक इनएक्टिभेटेड प्रकृतिको खोप हो, जुन बुस्टरका लागि प्रभावकारी मानिँदैन । 

खोप विज्ञ डा. श्यामराज उप्रेती भन्छन्, “हाल प्रयोग भइरहेका अन्य प्रकृतिका खोपको तुलनामा इनएक्टिभेटेड खोपले रोग प्रतिरक्षाका लागि प्रभावकारी काम गर्दैन । त्यसैले पनि यसलाई बुस्टरको रुपमा सिफारिस नगरिएको हो ।” नेपालले सो खोप पहिलो र दोस्रो डोजमा पनि दिएको थिएन ।

अब के गरिन्छ साइनोभ्याक खोप ?

बुस्टर डोजको रुपमा दिन नमिल्ने भएपछि विभागसँग स्टकमा रहेको ४० लाख डोज साइनोभ्याक खोप के गर्ने भन्ने निर्णय नभएको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए । 

“स्टकमा रहेको ४० लाख डोज खोपको उपभोग म्याद डिसेम्बर २०२३ सम्म छ । अब यसलाई के गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ,” चौरसियाले भने  । सो खोप स्टक रहेकै कारण थप खोप भण्डारण गर्न कठिनाइ भने नहुने उनी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro