site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ : मनिष झा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा नमागेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले आफूहरूले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्रीको राजीनामा नमागेको बताए ।

तर, प्रधानमन्त्रीको अभिव्यक्ति संसद्, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्ने गरी आएको उनको भनाइ छ । 

उनले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि पनि जनाए । 

"अरू दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिदैनौँ । हामीले बोल्नै पाएका छैनौँ भनेपछि हामीले के माग्यौँ भन्ने कुरा कसरी आकलन गर्नुहुन्छ ? एकैतिर बसेको भएकोले उहाँहरू पनि उठ्नुभयो । हामी पनि उठ्यौँ । तर हामी फरक बेन्चमा बस्छौँ । उहाँहरू फरक तरिकाले बस्नुहुन्छ । उहाँहरूको राजनीतिक अस्तित्व र परिचय सदनमा फरक छ । त्यसैले गर्दा मिडियाले पटक–पटक हामीलाई एमालेसँग जोडेर जुन हाम्रो परिचय स्थापित गर्न खोजिरहेको छ । त्यो गलत हो," झाले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro