site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इटालीलाई हराउँदै स्पेन फाइनलमा, उपाधिका लागि क्रोएसियासँग भिड्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैकल्पिक खेलाडी जोसेलुले अन्तिम तीन मिनेटमा ‘भाग्यशाली’ गोल गरेपछि स्पेनले बिहीबार राति इटालीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक यूईएपए नेसन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । 

प्रशिक्षक लुइस डे ला फुएन्टेको टिम स्पेनले अब उपाधिका लागि आइतबार रोटरडममा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । रोटरडम त्यही स्थान हो, जहाँ दुई वर्षअघि फाइनलमा स्पेन फ्रान्ससँग पराजित भएको थियो । पराजित इटालीले तेस्रो स्थानका लािग आयोजक नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

इटालियन रक्षापंक्तिले गरेको गल्तिमा स्पेनले तेस्रो मिनेटमै अग्रता लिएको थियो । तर, डेब्यु गरेका खेलाडी रोबिन ले नोर्मान्डले पेनाल्टी क्षेत्रमा ‘ह्यान्ड’ गर्दा इटालीले पेनाल्टी अवसर पाएको थियो । जसलाई फरवार्ड सिरो इमोबिलले कुनै गल्ति नगरी गोलमा परिणत गरेपछि इटाली बराबरी गर्न सफल भएको थियो । इमोबिलले दुई वर्षमा पहिलोपटक अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका हुन् । 

खेल थप समयमा धलकेलिने अनुमान भइरहेको बेला रोड्रीले पेनाल्टी क्षेत्रबाहिरबाट हानेको सशक्त प्रहार विपक्षी दुई रक्षकको खुट्टामा लाग्दै जोसेलुको खुट्टामा पुगेको थियो । उक्त बललाई जोसेलुले सुन्दर ढंगबाट विपक्षी किपरलाई कटाएर गोलमा परिणत गरेका थिए । 

Global Ime bank

Spain1686881463.jpeg

“टिमले उत्कृष्ट खेल खेल्यो,’’ स्पेनको जितमा निर्णायक गोल गरेका जोसेलुले खेलपछिको पत्रकार सम्मेलनमा भने, “हामीले लगभग दोस्रो हाफमा पूरा प्रभुत्व जमायौं । केवल गोल भइरहेको थिएन । रोड्रिले प्रहार गरेपछि पोष्ट नजिक म एक्लै थिएँ । बल म भएकै ठाउँमा आयो । र, म अफसाइड नभएको विश्वस्त थिएँ । म आफ्नो आजको गोलमा खुसी छु । किनभने हामी अब उपाधि जित्ने अवसर नजिक पुगेका छौं ।’’

गएरातिको खेलले २०२१ को सेमिफाइनलको झल्को दिएको थियो । त्यतिबेला पनि स्पेनले इटालीलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । स्पेनले अब उपाधिका लागि क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । युरो २०२० को अन्तिम १६ मा स्पेनले क्रोएसियालाई ३० मिनेट थपिएको समयमा ५–३ ले हराएको थियो । क्रोएसियाले बुधबार राति नेदरल्यान्ड्सलाई ३० मिनेट थपिएको समयमा ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

“स्पेन आज जितको हकदार थियो । यद्यपि, उनीहरूले अन्तिम समयमा गोल गरेका हुन् । हामीले अलिक फरक तरिकाले सेटअप गर्यौं । तर, दोस्रो हाफमा हामीले धेरै गर्न सकेनौं, “इटालीका प्रशिक्षक रोबर्टो मान्सिनीले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement