site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
अरु बेला लौरो, तिहारमा पूजा !

“निर्दोष प्राणीसँग गरिने व्यवहारमा देशको सभ्यता झल्किन्छ ।” ( महात्मा गान्धी । 

धर्मभीरु नेपाली मृत्युपछि स्वर्ग वा वैकुण्ठमा बास नपाइने हो कि भन्ने सन्तापमा तिहारको दिन घरमा पालिने कुकुर वा सडकमा बस्ने कुकुरलाई खोजीखोजी यसो पूजा गरेर केही मीठो खुवाइ टोपल्छन् । यसबाहेक बाँकी दिनमा कुकुरलाई खासै वास्ता र ख्याल गरेको बिरलै देखिन्छ । कुकुरलगायत अन्य बेसहारा प्राणीप्रति नेपाली समाजको संवेदनशीलता हराउँदै जानुको परिणति हो सडक, मठ मन्दिर, नदी किनारा वा सार्वजनिक स्थलमा बग्रेल्ती देखिने गाईका बाच्छा र कुकुरहरू । 

पानी पर्दा, चिसो लाग्दा अथवा यस्तै कठिन अवस्थामा यी बेसहारा प्राणी सामान्य ओत पनि लाग्न पाउँदैनन् । कतै ओत लाग्न गए लौराले हानेर धपाइन्छ । अर्थात्, यस्ता प्राणीको वासस्थल पनि छैन । बाँच्न सक्ने क्षमतासम्म बाँच्छन्, नसके मर्छन् । हेर्दा सामान्य देखिने यस्ता घटना नेपाली समाजको क्रुरता मापन गर्ने आधार हो । विदेशमा गरिएका अध्ययनअनुसार यस्तो बेवास्ता र हेपाइबाट कुकुर पनि अवसाद ९डिप्रेसन ० मा जाने अवस्था पनि हुन्छ ।  सामान्य किसिमले कुकुरलाई सुमसुम्याए पनि यति मायालु भएर लाडिन्छन् कि जस्तै मान्छे पनि द्रवित हुन्छ । माया, प्रेम र ख्यालको भोका हुन्छन् यी कुकुरहरू ।

KFC Island Ad
NIC Asia

छाउराहरू मायालाग्दा देखिन्छन् । हामीलाई किन अलिकता पनि दया लाग्दैन त रु सायद  तिहारजस्ता चाडबाडले यस्ता विषयमा  मनन गर्ने सन्देश दिएको हो । तर, हामी नेपाली फगत यान्त्रिकता रुचाउँछौँ । घरमा पालिने कुकुर पनि पर्याप्त माया, प्रेम र साथ भएन भने  तनावमा पर्छन् । हामीहरू वस्तु सम्झिन्छौँ कुकुरलाई अनि अलिकता खानेकुरा दिएर र एउटा खोरमा थुनेर आफ्ना माया दर्शाउँछौँ । तर, कुकुरमा मानवका भावना बुझ्ने क्षमता हुन्छ । उसलाई पाल्ने मान्छेको मनस्थिति बुझ्न सक्छन् । आफूले गर्नेजस्तो प्रेमाभाव आफ्नो मालिकबाट नपाएमा दुःखी र निराश हुने गर्छन् । 

करिब ३०—४० हजार वर्ष अघिबाट कुकुर मानव जातिसँगै बसोबास गर्दै आइरहेको प्रमाण भेटिएका छन् । पहिला जंगली ब्वाँसा प्रजातिबाट खाना र आवासका लागि यो प्रजाति बिस्तारै मानवसँगै वा वरिपरि बस्दै आएको अनुसन्धानले देखाएको रुसको साइबेरियामा भएको उत्खननबाट प्राप्त विभिन्न  सामग्रीबाट पुष्टि हुन्छ । अझ रोचक त चिहानमा पनि कुकुर र मानवको शवलाई एउटै स्थानमा राखेर गाडिएको भेटिएको छ । यसबाट कुकुरको स्थान प्राचीन मानव इतिहासमा सम्मानजनक रहेछ भन्ने बुझ्न सकिन्छ । 

Royal Enfield Island Ad

मानव विकास क्रमसँगै कुकुरसँग मानव जातिको अभिन्न मित्रता, प्रेम र सहअस्तित्व रहिआएको इतिहासमा देखिए पनि पछि प्रविधि र आधुनिक जीवनशैली, सहरीकरणको कारण कुकुरप्रति गरिने व्यवहारमा परिवर्तन आएको देखिन्छ । मानवले जति रेखदेख र खाना उपलब्ध गराउँछ सोभन्दा दोब्बर प्रेम र लगाव कुकुरले आफ्नो मालिक र आफू बस्ने घरलाई गर्ने गर्छ । आधुनिक समाजको विकाससँगै कुकुरको पुरातन भूमिका बदलिन थाल्यो । आफूलाई पाल्ने मालिकको सुरक्षा, पहरेदारी र मानव विकासका सुरुको  चरणमा आहार खोज्न सहयोगीको भूमिका हरायो । अहिले अरू सान्दर्भिकता नभएर पनि हो कि कुकुरहरू अब बेवास्ताका सिकार भएका छन् ।

तर, युरोप अमेरिका तथा जापानमा गरिएका अध्ययनमा एक्लो जीवनयापन गरिरहेका मानिसले घरमा कुकुर पाल्दा तनाव, दबाब तथा अन्य मनोवैज्ञानिक समस्या कमी आएको देखिन्छ । त्यस्तै, बालबालिकामा पनि कुकुरको सामु लेखपढ गर्दा सिक्ने क्षमता वृद्धि भएको देखिन्छ । आफूलाई विनापूर्वाग्रह सुनिदिँदा बालबालिकामा पढ्ने आत्मबलमा वृद्धि भएको अध्ययनले देखाएको छ । कुकुरलाई सुरक्षा वा सुराकका लागि पनि व्यापकरूपमा प्रयोग गरिन्छ ।  हामी नेपाली भने जनावरलाई प्रेम गर्न जान्दैनौ । करुणाका अजस्र स्रोत  गौतम बुद्धको जन्मभूमि यस नेपालका बासिन्दा सम्पूर्ण जीवात्मालाई करुणा प्रकट गर्न सक्दैनौ । 

कुकुरले आफूलाई पाल्ने मान्छेलाई दर्शाउने माया र मान्छेले आफ्नो बच्चाप्रति दर्शाउने प्रेमाभावमा समान रसायन सक्रिय भएको विभिन्न अध्ययनले देखाएका छन् । मानव जातिलाई यति माया, प्रेम र सद्भाव राख्ने कुकुरबाहेक अन्य प्राणी छैन भनिन्छ । किन यी कुकुर अपहेलित भएका छन् रु 

दिन प्रतिदिन सडकमा दुःख र यातनादायी जीवन बिताइरहेका कुकुर, उनीहरूमाथि हुने हिंसा, सवारीसाधनको ठक्करबाट घाइते भएका कुकुरलाई देख्दा प्राणी पनि आफूलाई यस देशमा जन्मनुमा कति अभागी सम्झँदा हुन् भन्ने ठान्छु । एकपटक एकजना जर्मन पर्यटक नेपाल आएर सडकमा देखिएका निरीह कुकुरलाई देख्दा मन कुँडिएको र नेपाल भ्रमण अवधिसम्म उनलाई असाध्यै पीडा भएको सामाजिक सञ्जालमा उल्लेख गरेकी थिइन् । 

मानिसको जिन्दगीको त पर्बाह नहुने ठाउँमा कहाँ कुकुर, गाई आदिका समस्यामा ध्यान दिनु भन्ने सवाल पनि उठ्ला । तर, एकपटक ध्यान दिएर  मन लगाएर काठमाडौं वा यस्तै नेपालका सहरमा डुलेमा यी निरीह प्राणी कति कष्टकर जीवन बाँचिरहेका छन् भनेर देख्न पाइन्छ । भोक, प्यास, असुरक्षा, बिमार, घाउ खटिरालगायतका समस्या यी प्राणीले भोग्नु परेको छ । अझ बिजोग त जब यिनैबाट जन्मिने साना बच्चाहरु कसरी बाँच्दा हुन् भन्ने लाग्छ । त्यसमाथि सहरबजारको प्रदूषण, धुलो आदिका कारण कुकुरमा छालासम्बन्धी रोगबाट ग्रसित हुनुपर्ने अर्को भयावह स्थिति छ ।

मान्छेले फालेका सडेगलेका खानाले पनि कुकुरलाई अन्य किसिमका रोग लाग्ने गर्छ । रोग र दुर्घटनाबाट मर्न लागेको कुकुरलाई मानिसहरू वास्तै नगरी हिँड्ने गर्छन् । यिनीहरु भोक प्यास लागेमा लुटेर खोसेर खान सक्दैनन् । बरु, खाना पाक्ने होटल वा मानव वस्ती वरिपरि केही खान पाइन्छ कि भनी पर्खेर बस्छन् । 
समाज यस्ता आफ्नै नाकैमुनि देखिने समस्या देखेको नदेख्यै गर्छ । अलिकता दयामाया र करुणाभाव राख्ने व्यक्तिले केही खानेकुरा फुत्त फालेर दिनेबाहेक प्रेम र स्नेह राखेर यिनीहरूलाई ख्याल गर्ने कोही भेटिन्नन् । 

काठमाडौंलगायत केही ठूला सहरमा यसरी सडक वा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा रहेका कुकुरलाई सामान्य हेरचाह र उपचार गर्न भनी खुलेका संघसंस्था पनि छन् । केही नेपाली, केही विदेशीको ससानो सहयोगमा यी संस्था चलेका छन् । केही संस्थाबाट कुकुरले सामान्य आहार, औषधि र रेखदेख पाएका छन् । आपतकालीन सेवा पनि पाएका छन् । तर, यो एकदमै अपर्याप्त छ । यसर्थ स्वर्ग जानको लागि पुण्य गर्नु छ भने आफ्नो गच्छेअनुसार हामी सबैले यही तिहारकै दिनबाट सानो सहयोग गरी यी निर्दोष र अपहेलित कुकुरलाई दुःखबाट मुक्त गरौँ । गर्न सकिने सानो कार्यबाट यस्ता प्राणी दुःख नपाई जिउन सकुन् भन्नेमात्र आशय हो । घरमा बढी भएका खानेकुरा फाल्नुभन्दा बरु कुकुरलाई दिने गरौँ । भोजभतेरमा उब्रिएका खानेकुरा फाल्नुभन्दा बरु यी सडकमा रहने कुकुरलाई पनि दिऊँ । पानी पर्दा वा चिसोमा ओत लाग्न आएका यी निर्दोष प्राणीलाई लौरोले नपिटौँ ।

घाउखटिरा वा केही बिमार भएका कुकुर देखे उद्धार गर्ने संघ संस्थालाई जानकारी गरिदिऊँ। सकिन्छ भने केही रकम यस्ता उद्धार गर्ने संघसंस्थालाई मद्दत गरौँ । यी यस्ता ससाना कार्य गरे पनि पुण्य पाइन्छ । धेरै ठूलो केही सोच्नु पर्दैन । यस्ता निर्दोष र निरीह प्राणीलाई रक्षा गर्नु हामी मानव जातिको कर्तव्य हो । 

बुद्धनगर, काठमाडौ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro