site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेस्टरका प्रशिक्षक कुपर बर्खास्त

काठमाडौं । इंग्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक स्टिभ कुपरलाई बर्खास्त गरेको छ । लेस्टरले जिम्मेवारीमा आएको १२ खेलपछि नै कुपरलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिगअन्तर्गत शनिबार लेस्टर चेल्सीसँग २–१ ले पराजित भएको थियो । प्रिमियर लिगको १६औँ स्थानमा रहेको लेस्टरले १२ खेल खेल्दा ६ हार व्यहोरेको छ । जारी सिजन दुई खेलमा मात्र जित निकालेको लेस्टरको खातामा १० अंक छ ।

यो सिजन प्रिमियर लिगको क्लबबाट बर्खास्तमा पर्ने कुपर दोस्रो प्रशिक्षक हुन् । प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाइटेडले यसअघि प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको थियो ।

कुपरले यसअघि नटिङ्घम फरेस्टको जिम्मेवारी सम्हालेका थिए । नटिङ्घमले उनलाई सन् २०२३ को डिसेम्बरमा बर्खास्त गरेपछि लेस्टरको जिम्मेवारीमा आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro