राजनीति
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको भोलिको बैठकमा पनि बोलाइएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई भोलि पनि सुनुवाइका लागि बोलाइएको हो ।
समितिको बैठक भोलि बिहान ८ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् ।
आजको बैठक सकिएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
आजको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् ।
- सुनुवाइ समितिमा कार्कीले भने– तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा म सर्वोच्चमा गएको हुँ
- १५ वर्ष पुराना मुद्दा निमिट्यान्न पार्न लागिपरेका छौँ : कार्की
- प्रस्तावित प्रधानन्यायाधीश कार्की भन्छन्– हामी आएपछि दुई वर्ष पुराना ५ हजार ९५८ मुद्दा फैसला भए
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० ०९:५४
प्रतिक्रिया दिनुहोस्