site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चन्द्रपुर (रौतहट) । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ ।

आइतबार हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३, मलाहीटोल बस्ने ६० वर्षीय बलिराम सहनी घाइते भएकामा स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

यसैगरी, मोटरसाइकल पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाएको थियो । उनको पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालकलाई  नियन्त्रणमा लिएको र मृतकको शवपरीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । रासस

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro