site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिसाको मुत्यु अस्वाभाविक ! यस्तो छ घटना विवरण

काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय तीन महिनाको अन्तरालमा अर्की एक नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएपछि ओडिसा राज्यको प्रहरी अनुसन्धानमा जुटेको छ । 

बिहीबार साँझ प्रिशा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको कलेजको दाबी छ । घटनाबारे मृतकका परिवार र राजदूतावासलाई प्रहरीले जानकारी गराइसकेको छ । 

यस्तो छ घटना विवरण
भारतको ओडिसा टीभी डट इनका अनुसार भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले विश्वविद्यालयमा हिजो साँझ करिब ७ बजे नियमित उपस्थिति लिने क्रममा मृतक छात्रा सम्पर्कमा नआएको बताए ।  प्रहरीका अनुसार प्रिशा कोठामा एक्लै थिइन् । प्रहरीका अनुसार विश्वविद्यालयले त्यसपछि जाँच गर्दा उनी झुण्डिएको अवस्थामा फेला परिन् । त्यपपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई जानकारी गराएको थियो ।
 
प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले अगाडि भने, “हामीले अनुसन्धान गरिरहेका छौँ । फोरेन्सिक वैज्ञानिकको टोली पनि घटनास्थलमा पुगिसकेको छ । पीडितको कोठामा खानतलासी चलिरहेको छ । पीडितका साथीहरू पनि उपस्थित छन् र उनीहरूले सहयोग गरिरहेका छन् ।” 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धनमा शवको नजिकै कुनै नोट फेला परेको छैन । तर, वैज्ञानिक टोलीले खोजी जारी राखेको छ ।  कुनै औपचारिक गुनासो नआएकाले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro