site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीआरसीबारे माओवादी र कांग्रेससँग प्रधानमन्त्रीको छुट्टाछुट्टै छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय व्यवस्थापनका लागि गठन हुन लागेकाे सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वर्षमान पुनसँग प्रधानमन्त्रीले आफ्ना संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलसहित छलफल गरेका थिए । साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलाई राखेर पुनः छलफल गरेका हुन् । दुवै छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार खरेलले पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेको बताएका छन् ।

"दिउँसो प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग र साँझ सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संक्रमणकालीन न्यायकै विषयमा छलफल भएको छ । प्रचण्डजीसँग वर्षमान पुन हुनुहुन्थ्यो शेरबहादुरजीसँग गृहमन्त्री रमेश लेखक हुनुहुन्थ्यो," प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार खरेलले बाह्रखरीसँग भने, "हालसम्मको अवस्थाबारे मैले नै ब्रिफिङ गरेको छु ।"

त्यसबाहेक समसामयिक राजनीतिको विषयमा पनि छलफल भएको हो भन्ने प्रश्नमा खरेलले आजको भेटवार्ता संक्रमणकालीन न्याय व्यवस्थापनमै केन्द्रित भएको बताए  । "आजको भेट अन्य राजनीतिक विषयहरूमा प्रवेश भएन," खरेलले भने, "आजको भेट पूर्णत: संक्रमणकालीन न्याय व्यवस्थापनमा नै केन्द्रित थियो ।"

उनले पदाधिकारी सिफारिस गर्ने, त्यसका लागि मापदण्ड र कार्यतालिका तय गर्ने काम भने सिफारिस समितिले नै गर्ने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro