site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था फोनपे

काठमाडौं । फोनपे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था बनेको छ । नेपाल सरकारले फोनपेलाई सम्मान गरेको हो ।

आठौँ राष्ट्रिय आईसीटी दिवसका अवसरमा सरकारले फोनपेलाई सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारलाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्धनमा गरेको योगदानको उच्च मूल्यांकन भएको कम्पनीले जनाएको छ ।

फोनपेले नेपालको आईसीटी इकोसिस्टमको विकास र वृद्धिमा खेलेको महत्त्वपूर्ण भूमिकालाई यस सम्मानले थप प्रस्ट्याउने बताएको छ । कम्पनीका अनुसार, डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा फोनपेले सधैँ नगदरहित अर्थतन्त्रको प्रवर्धन, वित्तीय समावेशीकरण र व्यवसाय तथा उपभोक्तालाई सशक्त बनाउने समाधानहरू विकास गर्न प्रतिबद्ध रहँदै आएको छ ।

“नेपाल सरकारबाट प्राप्त यस सम्मान हाम्रो लागि अत्यन्त गौरवको विषय हो,” फोनपेका प्रमुख कार्यकारी अधिकृत कुमारले भने, “यस सम्मानले नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ । साथै आईसीटी क्षेत्रको अग्रणी संस्थाका रूपमा हाम्रो दायित्वप्रति हामी अझ सजग रहन्छौँ ।”

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro