
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायली विमानस्थलनजिकै हुथी विद्रोहीहरूले गरेको क्षेप्यास्त्र आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा नेतान्याहूले हुथी विद्रोहीहरूविरुद्ध आक्रमणको चेतावनी दिएका छन् । नेतान्याहूले भने, "हामीले विगतमा आक्रमण गरेका छौँ । हामी भविष्यमा पनि आक्रमण गर्न सक्छौँ ।"
यमनबाट हुथी विद्रोहीहरूले प्रहार गरेको क्षेप्यास्त्र आइतबार बिहान इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै खसेको थियो ।
इजरायली मिडियाका अनुसार विस्फोटमा परी चारजना घाइते भएका छन् । त्यही समयमा आश्रय लिने प्रयास गर्दा दुईजना घाइते भए ।
हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले टेलिभिजनमा प्रसारित वक्तव्यमा भनेका छन्, "इजरायली विमानस्थलहरू अब हवाई यात्राका लागि सुरक्षित छैनन् ।"
विमानस्थल सञ्चालनमा आएको छ । तर क्षेप्यास्त्र आक्रमणका कारण धेरै उडानहरू रद्द गरिएको थियो । बीबीसी